• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीका २८ परिवारलाई स्वरोजगारीका लागि आर्थिक सहयोग

सप्तरीका २८ परिवारलाई स्वरोजगारीका लागि आर्थिक सहयोग

राजविराज, ३० असोज। सप्तरीका विभिन्न स्थानीय तहका २८ परिवारलाई स्वरोजगारीका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

बोदेबर्साईन नगरपालिका– ५ का दुई परिवारलाई बाख्रा पालन, दुई परिवारलाई गाईपालन, एक परिवारलाई भैंसी पालन, एक परिवारलाई कस्मेटिक पसल र एक परिवारलाई सिलाई कटाई पसल संचालनका लागि प्रति परिवार ३० हजारका दरले सहयोग प्राप्त भएको हो । वाँकी रकम भने सम्वन्धित परिवार आफैले लगानी गर्नुपर्ने छ।

यसैगरी, राजविराज नगरपालिका– का १० परिवार र तिलाठी कोईलाडी गाउँपालिका –५ का ११ परिवारलाई पनि सोहि अनुपातमा सहयोग उपलब्ध गराईएको छ ।

वादेवरसाईन नगरपालिका ५ मा आयोजित एक कार्यक्रममा बोदेबर्साईन नगरपालिका–५ वडा अध्यक्ष मो. मजिवुर रहमानले उनीहरुलाई उक्त सहयोग हस्तान्तरण गरे।

कार्यक्रममा समग्रका कार्यकारी निर्देशक देवराज पोखरेल, भीएसओ नेपालका प्रतिनिधि मनिषा भण्डारी, वदेवरसाईन ५ का वडा सदस्य रूपनीदेवी राम , मनोविमर्शकर्ता कविता चौधरी, समग्र जन उत्थान केन्द्रका स्थानीय सहजकर्ता लोकेन्द्रप्रसाद यादव, ओमप्रकाश ठाकुर लगायतको उपस्थिति थियो ।

समग्र जन उत्थान केन्द्र लहानले संचालन गरेको समग्र लैङ्गिक उत्तरदायी न्यायमा पहुँच सुदृढीकरण परियोजना (सहज) अन्तर्गत आर्थिक सशक्तीकरण तथा आय–आर्जन क्रियाकलापका लागि उक्त सहयोग हस्तान्तरण गरिएको हो । युके एडको आर्थिक सहयोग तथा भीएसओ नेपाल र ईन्टरनेशनल अलर्टको साझेदारीमा परियोजना संचालनमा छ।