• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरी प्रशासनद्वारा शक्तिपिठ र मन्दिर क्षेत्रमा निषेधाज्ञा घोषणा

सप्तरी प्रशासनद्वारा शक्तिपिठ र मन्दिर क्षेत्रमा निषेधाज्ञा घोषणा

राजविराज, ३० आसोज। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाका सम्पुर्ण शक्तिपिठ र मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी जिल्ला सुरक्षा समितिको मिति २०७७ असोज ३० गतेको वैठकको निर्णय अनुसार ति क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा, असोज ३० गते राती ११ वजेदेखि हाललाई मंसिर ७ गते राती साढे ११ वजेसम्मका लागि कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुरले जारी गरेको निषेधाज्ञामा भनिएको छ–‘निषेधाको अवधिमा उल्लेखित स्थानहरुमा मन्दिरका तर्फवाट गरिने नित्य पुजापाठ वाहेकका अन्य सम्पुर्ण कार्य/गतिविधि हुन/गर्न निषेध गरिएको ब्यहोरा समेत सवैमा जानकारी गराउँदै कोभिड १९ संक्रमणलाई दृष्टिगत गरी भीडभाड नगरी, सुरक्षित साथ आ–आफनै घरमा आफनो परम्परा अनुसार आगामी चाडपर्वहरु मनाउन सम्पुर्ण जिल्लावासीमा अनुरोध छ।’