• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुसर्नीयाँमा प्रहरी र स्थानीवासी विच झडप, हवल्दारसहित २ प्रहरी घाईते

प्रहरीद्वारा ४ राउण्ड हवाई फायर
मुसर्नीयाँमा प्रहरी र स्थानीवासी विच झडप, हवल्दारसहित २ प्रहरी घाईते

राजविराज, २८ असोज। सप्तरीमा मंगलवार राती तस्कर पक्राउ गर्ने र जोगाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयवासी विच दोहोरो झडप भएको छ । झडपका क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो ।

झडपमा हवल्दारसहित २ प्रहरी घाईते भएका छन् । स्थानीयवासीतर्फको हताहतीका विषयमा तत्काल जानकारी प्राप्त भएको छैन । मंगलवार राती करिव १० वजे राजविराज नगरपालिका १३ को मुसर्नीयाँस्थित नहरमा भारतीय वजारवाट तस्करी गरी ल्याएको सामान वरामद गर्न गएको प्रहरी माथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी को. वरसाईनवाट असईको नेतृत्वमा खटिएको प्रहरी टोलीले राती करिव १० वजे घेरा हालेपछि तस्करहरुले स्थानीयसँग गुहार मागेका थिए । तस्करहरुलाई जोगाउन करिव ७०/८० जना स्थानीय ब्यापारी र सर्वसाधारणले घरेलु हतियारसहित प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले वताए ।

स्थानीयवासीले घेरा हालेर लाठि र भालाले आक्रमण गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको थियो। यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीवाट थप प्रहरी प्रठाएर स्थितीलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

घटनामा १ प्रहरी हवल्दार र १ प्रहरी जवानको टाउको फुटेको छ। उनीहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ। घाईते मध्ये १ जनाको टाउकोमा सात वटा टाँका लागेको र एकजनाको अस्था सामान्य रहेको एसपी धमलाले जनाए ।