राजविराज, २६ असोज। प्रतिनिधि सभा सदस्य एवम् जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार सार्वजनिक गरेको रिपोर्ट अनुसार उनलाई संक्रण पुष्टि भएको हो । ५८ वर्षिया यादवले शंका लागेर आईतवार स्वाव परिक्षणका लागि दिएकी थिईन ।
छोरा अभिषेकलाई आईतवार कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परिक्षण गराईएको थियो ।
सोमवार आएको रिपोर्ट अनुसार रेणुसहित अभिषेकककी पत्नि २६ वर्षिया रिया र २५ वर्षिय चालकलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरु सवै जना होम आईसोलेनमा वसेका छन् ।
प्रदेश सभा सदस्य समेत रहेका अभिषेकका अनुसार उनका ३ वर्षिय छोरा र भान्सामा काम गर्ने युवकको भने रिपोर्ट नेगेटिभ आएको छ ।
अभिषेक र रियालाई कोरोनाका सामान्य लक्षण देखिएका छन् भने रेणुलाई कुनै पनि लक्षण देखिएको छैन । ‘रिया र मलाई खाना नरुच्ने र कमजोरी अनुभव भएको छ’ उनले भने–‘ममिलाई अहिलेसम्म कुनै समस्या छैन ।’