• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मविव क्याम्पसका प्राध्यापक सुमन सिंहको कोरोनाका कारण मृत्यु

मविव क्याम्पसका प्राध्यापक सुमन सिंहको कोरोनाका कारण मृत्यु

राजविराज, १० असोज। धरानमा उपचारकै क्रममा मृत्यु भएका सप्तरीका कोरोना संक्रमित राजविराज स्थित मविव क्याम्पसका प्राध्यापक रहेको खुलेको छ ।

राजविराज ४ निवासी ६३ वर्षिय सुमन सिंहको शुक्रवार राती साढे १ वजे विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनी पुर्वमन्त्री चतुर्भुज प्रसाद सिंहका छोरा हुन् ।

राजविराज स्थित घरमा पति–पत्नि मात्रै वस्दै आएका सिंह लामो समयदेखि घरभित्रै वसिरहेका थिए । छिमेकीहरुले विरामी परेको आशंका गरेपनि उनले स्वास्थ्य समस्याका वारेमा कसैलाई जानकारी दिएका थिएनन्।

ज्वरो, खोकी र श्वासप्रस्वाशमा कठिनाई वढ्दै गएपछि उनी मोरङ्गको विराटनगर स्थित बिराट मेडिकल कलेजमा भर्ना भएका थिए । त्यहावाट उनलाई धरान रिफर गरिएको थियो ।

धरानमा गरिएको पिसिआर परिक्षणमा भदौ ८ गते कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिरहेका वेला शुक्रवार राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

उनलाई कुनै पनि दिर्घरोग नरहेका कोभिड अस्पताल धरानले जनाएको छ ।