• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शुक्रवार थप १२ जनालाई कारोना संक्रमण पुष्टि

शुक्रवार थप १२ जनालाई कारोना संक्रमण पुष्टि

राजविराज, ९ असोज। सप्तरीमा शुक्रवार थप १२ जनालाई कारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका ७ का ५ वर्षिय पुरुष, वडा नं. ९ का १ वर्षिय पुरुष, वडा नं. ८ का ४०, २४, १४ र २७ वर्षिय पुरुष, राजविराज ६ का ४०, २७ र ३३ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका १ का २३ वर्षिय पुरुष, राजगढ ५ का ४२ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै सप्तरीमा कोरोना संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।

जसमध्ये हालसम्म १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८९३ जना संक्रमण मुक्त भएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

सप्तरीमा हाल ३३९ जना सक्रिय संक्रमित रहेको उनले वताए ।