• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

भारतीय अपहरणकारीको कब्जावाट भाग्न सफल भएको युवकको दावी

भारतीय अपहरणकारीको कब्जावाट भाग्न सफल भएको युवकको दावी

रामनाथ यादव
राजविराज, ८ असोज । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका एक युवकले आफु भारतीय अपहरणकारीको कब्जावाट भाग्न सफल भएको वताएका छन् ।

तिलाठी–कोइलाडी–७, सडेपारका १७ वर्षिय इन्दल कुमार मण्डलले आफु अपहरणमा परेको र भारतको फुलपरासमा पुर्याएपछि भाग्न सफल भएको वताएका हुन्।

गत असोज ६ गते भ्यानमा आएको अपरिचित समुहले आफुलाई अपहरण गरेको उनले वताए । मुखमा कालो कपडाले छोपी भ्यान भित्र हालेर अपहरण गरिएको उनले जनाएका छन् । भ्यानभित्र हालेपछि डोरीले हातखुट्टा पनि वाँधिएको उनको भनाई छ ।

अपहरणकारीहरु गाडि रोकेर चिया, नास्ता खान थालेपछि दाँतले डोरी काटेर आफु भाग्न सफल भएको उनले वताए । गाडिवाट भागेछि आफुलाई भारतको फुलपरास भन्ने ठाउँमा पुर्याएको पत्ता लागेको युवकले वताए ।

मर्निङ्ग वाकका लागि निस्केपछि विहान १० वजेसम्म पनि आफु नफर्केपछि घर परिवार र वडा अध्यक्ष गुलावप्रसाद सिंहले प्रहरी चौकी को. बर्साइनमा पनि जानकारी गराएको युवकको भनाई छ ।

इलाका प्रहरी कार्यालय हनुमाननगरले भने युवक आफै प्रहरी कार्यालयमा आई अपहरणमा परेको र भाग्न सफल भएको जानकारी दिएपछि अनुसन्धान भईरहेको जनाएको छ ।

‘युवकको परिवार आर्थिक रुपमा धेरै सम्पन्न होईन। ब्यक्तिगत दुस्मनी पनि कसैसँग नभएको भन्ने जानकारीका आधारमा अपहरण भएकै हो भन्न सक्ने अवस्था छैन’ सई सुरेष प्रसाद यादवले भने–‘तर, अपहरण जस्तो गम्भिर विषय भएकाले हामीले अनुसन्धन चै गरिरहेका छौं ।’