• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हत्याका फरार आरोपी आफै पुगे प्रहरी कार्यालय

हत्याका फरार आरोपी आफै पुगे प्रहरी कार्यालय

राजविराज, ७ असोज । छिमेकीको हत्या गरेको आरोप लागेपछि फरार रहेका सप्तरीको महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादव वुधवार आफै प्रहरीसमक्ष हाजीर भएका छन् ।

इन्सेक सप्तरीको रोहवरमा उनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएका हुन् ।

उनीमाथि बल्थीकै ८० वर्षीय सुबिलाल यादवको हत्या गरेको आरोप छ। गत वैशाख २३ गते सुविलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनी विरुद्ध मुद्दा चलाएको छ । घाईते अवस्थामा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याईएका वृद्धको वैशाख २७ गतेसम्म उपचार गरिएको थियो ।

अस्पतालले डिस्चार्ज गरेपछि घरमै वसिरहेका उनको जेठ ८ गते मृत्यु भएको थियो । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम पछि सोहि दिन उनका छोरा जागेश्वरले रवी विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

उजुरी दर्ता पश्चात खोजीतलाशको सूचीमा रहेका रबी वुधवार दाजु वौवालाल र छोरा सरोजकुमारका साथमा प्रहरी कार्यालयमा उपस्थित भएका हुन ।

उनले आफु निर्दोश रहेको वताएका छन् ।सुबीलालका छोराहरु रामकिसुन र जागेश्वरबीच विवाद भई होहल्ला भएको सुनेर आफू पुग्दा सुबीलाललाई रगताम्मे अवस्थामा फेला पारेको उनको भनाई छ । आफूले कुटपिट नगरे पनि क्षतिपूर्तिको लोभमा जागेश्वरले आफूमाथि झुठो उजुरी दिएको उनको आरोप छ ।

यादवलाई विहिवार जिल्ला अदालत सप्तरीमा हाजिर गराईने प्रहरीले जनाएको छ ।