राजविराज, ७ असोज। सप्तरीमा वुधवार ४ शैनिक जवान सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाको राजविराज स्थित भिमदल गणका ३५, ३४, ३६ र २६ वर्षिय पुरुष तथा डाकनेश्वरी नगरपालिका ९ का ३२ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले वुधवार १४१ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । अन्य १२६ जनाको रिपार्ट नेगेटिभ छ ।
यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १२ सय ८ पुगेको छ ।
जसमध्ये ११ जनाको मृत्यु भएको छ ।