• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मंगलवार एक जनालाई कोरोना संक्रमण पुष्टि

मंगलवार एक जनालाई कोरोना संक्रमण पुष्टि

राजविराज, ६ असोज । सप्तरीमा मंगलवार एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

छिन्नमस्ता ४ का २४ महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १२ सय ७ पुगेको छ ।

जसमध्ये ११ जनाको मृत्यु भएको छ भने ८२२ जना डिस्चार्ज भएका छन् ।

जिल्लामा ३ सय ७४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।