• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारले मुलुकभर संविधान दिवस मनाई रहँदा सप्तरीमा संविधान विरोधी प्रदर्शन

आसन ग्रहणको विषयमा भएको विवादले कार्यकर्ता विच झडप
सरकारले मुलुकभर संविधान दिवस मनाई रहँदा सप्तरीमा संविधान विरोधी प्रदर्शन

वृजमान तामाङ्ग

राजविराज, ३ असोज। सरकारले शनिवार विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहँदा सप्तरीमा भने संविधानका विभेदकारी प्रावधान हटाउन माग गर्दै प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी, थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन्।
जनता समाजवादी पार्टी सप्तरीले सदरमुकाम राजबिराजमा प्रर्दन गरेको छ । ‘बिभेदकारी संबिधान संशोधन गर, ओलि सरकार मुर्दाबाद’ लगायतका नारासहित निस्किएका नेता/कार्यकर्ताले नगर परिक्रमा गरे ।

थारुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरी र जनता समाजवादी पार्टी नेपालद्वारा खडक नगरपालिकामा पनि विरोध प्रदर्शन र कोणसभ सम्पन्न गरिएको छ ।

थारुहट थारुवान महिला राष्ट्रिय मोर्चाका केन्द्रिय सहसंयोजक उमा चौधरी र जनता समाजवादी पार्टीका स्थानीय नेता ननु कल्वार चौधरीको अगुवाईमा कार्यक्रकको आयोजना गरिएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादब प्रमुख आतिथिको रुपमा उपस्थित थिए ।

विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै बक्ताहरुले संबिधान संशोधन नभएसम्म स्वीकार्य नहुने बताए । संबिधानका बिभेदकारी धारा खारेज गरि विभिन्न आन्दोलनको बलमा सरकारसंग भएको सम्झौताको आधारमा संबिधान संशोधन गर्न उनीहरुले माँग गरे ।

सांसद रेशम चौधरीलाई बिनासर्त रिहाई गर्न र त्यसो नगरे आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

कोणसभामा जसपाकी नेता, पुर्व शिक्षा मन्त्री एवम् प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादव, थारुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सह संयोजक श्रावण थारु, जसपा नेताहरु गजेन्द्र मण्डल, दिनेश कुमार यादव, सत्य नारायण यादव, जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख सधाना झा, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, बलान–बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत, उपेन्द्र साह, बिनोद यादव, थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिवनारायण थारुलगायतले वोलेका थिए ।

यसैविच राजविराजमा आयोजित विरोध सभामा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा झडप भएको छ ।

तत्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई कार्यक्रमको अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी वनाईएको थियो । यसैगरी, प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई आसन ग्रहण गराइयो ।

यसैविचमा कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि र केहिले कार्यक्रम सञ्चालकलाई मञ्चवाट हुत्याएर निकालेका थिए । पार्टीका अन्य केन्द्रीय सदस्यहरु, जनप्रतिनिधी समेतलाई आसन ग्रहण नगराएकोले असन्तुष्टि ब्यक्त गरिएको उनीहरुले जनाएका छन्।

जसपाका प्रदेश सचिव दिनेश यादवले भने सवैसँग राम्रो समन्वय नभएकाले त्यस्तो घट्ना भएको स्विकारे। ‘समय अभावका कारण एक÷दुई जनालाई आसन ग्रहण गराएर वक्ताहरु वोलाउने अनि आसन ग्रहणलाई निरन्तरता दिदै जाने सल्लाह थियो’ उनले भने–‘तर, त्यो कुरा सवैलाई जानकारी नभएर एक पटक होहल्ला भयो। त्यसपछि हामीले चाँडै कार्यक्रम सक्नेमा ध्यान केन्द्रित गर्यौ।’