• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा विहिवार ३८ प्रहरीसहित ५३ जनालाई कोरोना पुष्टि

सप्तरीमा विहिवार ३८ प्रहरीसहित ५३ जनालाई कोरोना पुष्टि

राजविराज, १ असोज। सप्तरीमा विहिवार ३८ प्रहरीसहित ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतका प्रहरी र जिल्लाका विभिन्न स्थानमा गरी ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

विहिवार सहित सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ९५ पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपी सहित मातहतका २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रहरी तालिम केन्द्रका ३५ जनालाई संक्रमण भएको थियो ।

यस्तै विहिवारको रिपोटै अनुसार राजविराज ४ की २८ वर्षिया महिला, वडा नं. ७ का ४० वर्षिय पुरुष, वडा नं नखुलेका ३५ वर्षिय पुरुष, वडा नं. ११ क ३५, १८ र १५ वर्षिय पुरुष, वडा नं. ३ का ४५ वर्षिय पुरुष, तिरहुत गाउँपालिका २ का २९ वर्षिय पुरुष, कञ्चनरुप नगरपालिका ६ की ६० र ३० वर्षिया महिला, १२ वर्षिय पुरुष तथा डाकनेश्वरी नगरपालिका ६ का १९ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी नेपाली सेनाको राजविराज स्थित भिमदल गणका ३७ वर्षिय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ११ सय ४३ पुगेको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने ७५० जना निको भएका छन् । सप्तरीमा ३८४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ।