• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

वलात्कारको घट्ना दवाउन खोज्दा पीडित किशोरीद्वारा आत्महत्या

वलात्कारको घट्ना दवाउन खोज्दा पीडित किशोरीद्वारा आत्महत्या

राजविराज, ३१ भदौ । पञ्चायत (सामाजिक वैठक) ले वलात्कारको घट्ना दवाउन खोजेपछि सप्तरीमा एक पीडित किशोरीले आत्महत्या गरेकी छिन् ।

पञ्चालयले प्रहरीमा उजुरी नगर्न दवाव दिएपछि निर्णयमा चित्त नवुझेर डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षिया किशोरीले मंगलवार आत्महत्या गरेकी हुन् ।

गत सोमवार किशोरी सामुहिक वलात्कारमा परेकी थिईन। स्थानीय १८ वर्षीय रञ्जित मण्डल, १९ वर्षीय बब्लु मण्डल, ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डलले उनलाई वलात्कार गरेको आरोप छ।

घटनापछि गाउँमा बसेको ‘पञ्चायतीले उनलाई प्रहरीमा उजुरी गर्न रोक लगाएको थियो । वैठकले पीडित र परिवारलाई प्रहरीसम्म जान रोकेको र पिडकहरुलाई ५५ हजार रुपैयाँ तिराउने निर्णय सुनाएको थियो ।

पञ्चको ‘फैसलामा चित्त नवुझेर पीडितले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । सोहि आरोपमा प्रहरीले जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डलसहितका पञ्चलाई पक्राउ गरेको छ ।

वालिकाको शव पोष्टमार्टमकालागि धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले जानकारी दिए ।

वलात्कारका आरोपीहर भने फरार छन् ।