राजविराज, ३० भदौ । सप्तरीमा मंगलवार जिल्ला प्रशासन कार्यालय सप्तरीका तीन जना कार्यालय सहयोगीसहित एकै पटक ५० जनालाई कारोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगीहरु ६६, ५६ र २८ वर्षिय पुरुष, राष्ट्रिय अनुसन्धान कार्यालयका ४७ वर्षिय पुरुष, जिल्ला अदालतका एक जना प्रहरी र एक जना सरसफाईकर्मी लगायत जिल्लाभरी कुल ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयका अनुसार राजविराज नगरपालिकामा ११ महिलासहित ४४ जना, छिन्नमस्ता गाउँपालिकामा १ महिला, हनुमानगर कंकालिनी नगरपालिकामा १ पुरुष, शम्भुनाथ नगरपालिकामा २ पुरुष र छिन्नमस्ता अस्पतालका १ महिलासहित २ गरी ५० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार ९० पुगेको छ । संक्रमित मध्ये ८ जनाको मृत्यु भएको छ भने ७३६ जना डिस्चार्ज भएको यादवको भनाई छ ।