• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मोटरसाईकलको ठक्करबाट ७ वर्षिया बालिका घाईते

मोटरसाईकलको ठक्करबाट ७ वर्षिया बालिका घाईते

बिरेन्द्र बजार, ३० भदौ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा मंगलवार मोटरसाईकलको ठक्करवाट एक वालिका घाईते भएकी छिन् ।

पश्चिम जाँदै गरेको को १० प ६०१ नम्बरको मोटरसाइकलले वडा नम्बर–२ स्थिति चाँदनी चौकमा स्थानीय जीवन तामाङकी ९ वर्षिया छोरी रेसुलाई ठक्कर दिएको थियो ।

ट्युसन पढेर घरतर्फ जाने क्रम मोटरसाईकलको ठक्करवाट घाईते भएकी उनलाई रुपनी गाउँपालिका स्थित युनिक अस्पताल पठाईएको छ ।

आइसियुमा राखेर वालिकाको उपचार भईरहेको उनका हजुरवुवा भक्तबहादुर तामाङले जानकारी दिए ।

मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय महुलीले नियन्त्रणमा लिएको छ।