• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कहाँ पुग्यो अप्टिकल फाईबर काट्ने पेट्रोल पम्प संचालक विरुद्धको कारवाही ?

कहाँ पुग्यो अप्टिकल फाईबर काट्ने पेट्रोल पम्प संचालक विरुद्धको कारवाही ?

वृजमान तामाङ्ग
विरेन्द्रवजार, ३० भदौ । अप्टिकल फाईबर काटेर संचार सेवा अबरुद्ध गर्ने पेट्रोल पम्प सञ्चालक माथी परेको उजुरी प्रति प्रहरीले वेवास्ता गरेको भन्दै सेवा प्रदायकहरुले गुनासो गरेका छन्।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित भगत ट्रेड्र्सद्वारा संचालित पेट्रोल पम्म संचालक रंजित भगत विरुद्ध आईतवार नै उनीहरुले इलाका प्रहरी कार्यालय रुपनीमा उजुरी दर्ता गराएपनि प्रहरीले वास्ता नगरेको उनीहरुको गुनासो छ।

भगतले तार आफैले हटाएको भनी सार्वजनिक रुपमै सामाजिक संजाल र फोन कुराकानीमा स्वीकार गर्दा समेत निबेदन माथी कुनै सुनुवाइ नभएको सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले गुनासो गरे । ‘अप्टिकल फाईवर तार काटेको तत्कालै हामीले प्रहरीलाई जानकारी गरायौं’ म्याक्स नेटका रामनाथ चौधरीले भने, ‘प्रहरी आयो, उनीहरुकै अगाडि भगतले हातपात गर्ने प्रयास पनि गरे र अभद्र ब्यबाहर गरे’ उनले भने–‘यति हुँदा समेत प्रहरीले निवेदनमा सुनुवाई गरेको छैन।’

भगतले आफैले तार काटेको स्विकारेका पनि छन् ।सुबिसुका सिनियर प्राविधिक ललन कुमार चौधरीले तार काटिएको विषयमा उनलाई फोन गरेर सोधेका थिए । भगतले ‘मैले नै काटेको हो’ भनेर गरेको कुराकानी अहिले पनि आफुसँग मोवायलमा रेकर्ड रहेको चौधरी वताउँछन् ।

अतिआबश्यक सार्बजनिक सेवा जानीजानी अबरुद्ध गर्ने र त्यस विषयमा कुरा गर्न खोज्दा दुब्र्यवहार गर्ने भगत माथी कारबाही प्रक्रिया अगाडी नबढाउनुको रहस्य आफुहरुले वुझन नसकेको सेवाप्रदायकहरु वताउँछन् ।

कसैलाई नसोधी अप्टिकल फाईबरको तार काटेर क्षति गरिएको उनीहरुको आरोप छ । पेट्रोल पम्पका संचालक भगतलाई झिकाई कानुन बमोजिम कारबाही गर्न उनीहरुले दर्ता गराएको उजुरीमा माग गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज (सई) अमिरी यादवले भने तार काटेको सुचना पाउनसाथ प्रहरी पुगेको तथा निवेदन दर्ता भएपछि आबश्यक छानबिन भईरहेको बताए ।

सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले सेवा प्रदायकहरुलाई जिल्ला प्रहरी कार्यालय पठाई दिन आग्रह गरे ।

भगतले गत आईतवार अप्टिकल फाईबरको तार काटेपछी सप्तरीको पुर्बी क्षेत्रमा बिहान ७ बजे देखि ईन्टरनेट सेवा अबरुद्ध भएको थियो ।