• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराज नगर क्षेत्रको निषेधाज्ञा हट्यो, १६ वुँदे सर्त लागु

राजविराज नगर क्षेत्रको निषेधाज्ञा हट्यो, १६ वुँदे सर्त लागु

राजविराज, २९ भदौ । जिल्ला सुरक्षा समिति सप्तरीले राजविराज नगर क्षेत्रमा जारी राखेको निषेधाज्ञा हटाएको छ । सोमवार राती १२ वजेपछि सप्तरीमा निषेज्ञाज्ञाको असर पुर्ण रुपमा हटेको छ ।

तर, कारोना संक्रमण नियन्त्रणलाई आधार वनाएर नेपाल सरकार, मन्त्री परिषदले गरेका निर्णयहरु कार्यान्वयनसहित १६ वँदे सर्त सुरक्षा समितिले लागु गरेको छ ।

कोभिड १९ संक्रमण रोकथाम एवम् नियन्त्रणका साथै निषेधाज्ञावाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी जिल्ला संकट ब्यवस्थापन केन्द्रले सिफारिस गरेको आधारमा भदौ २९ गते वसेको जिल्ला सुरक्षा समितिको वैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सुचना जारी गरी सार्वजनिक गरेका समितिका निर्णयहरु