• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

कृषि मन्त्री साहद्वारा किसानलाई ‘लम्पी स्किन’ रोगको औषधि वितरण

कृषि मन्त्री साहद्वारा किसानलाई ‘लम्पी स्किन’ रोगको औषधि वितरण

वोधराज सुवेदी
महुली, २२ भदौ । प्रदेश २ को भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सोमवार सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिकाका किसानलाई पशु चौपायामा लाग्ने ‘लम्पी स्किन’ नामक सरुवा रोगको औषधि वितरण गरेका छन् ।

अग्नीसाईर कृष्णासवरण गाउँ पालिकाको संयोजनमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई उक्त औषधि वितरण गरिएको हो ।

यस रोग लागेपछि पशुचौपायालाई ज्वरो आउने, छाला, मुख, खुर, कल्चौडो लगायत शरिरका विभिन्न भागमा गिर्खाहरु आउने, गिर्खाहरु फुटेर रगत आउने, पाक्ने र पिप आउने गरेको पशु चिकित्सकहरु वताउँछन् । यो रोग एक पशुवाट अर्को पशुमा सर्न नदिन पशु तथा गोठको नियमित सरसफाई गर्ने, रोग निरोधक औषधिहरु खुवाउने लगायतका विशेष सावधानी अपनाउनु पर्ने उनीहरुको भनाई छ।

सप्तरी लगायत विभिन्न क्षेत्रका पशुचौपायामा देखिएको यो रोगका कारण ब्यवशायिक दुग्ध उत्पादक कृषकहरु मारमा परिरहेकाले त्यसको रोकथामका लागि प्रदेश सरकारले अभियानका रुपमा औषधि वितरण सुरु गरेको मन्त्री साहले जानकारी दिए । ‘किसान दाजुभाईले यो रोगका विषयमा जानकारी दिएपछि मैले तुरुन्त विज्ञ चिकित्सकहरुको समुह परिचालन गरी अनुसन्धान गराए’ उनले भने–‘त्यसपछि रोकथाम तथा नियन्त्रणका लागि संयन्त्र वनाएर अभियानको रुपमा काम अगाडी वढाइएको छ ।’

महुली स्थित आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र कुमार आचार्यको अध्यक्षतामा आयोजित औषधी वितरण कार्यक्रममा अग्नीसाईर कृष्णासवरण गाउँ पालिकाका अध्यक्ष पर्शुराम चौधरी, वार्ड नं. ६ की अध्यक्ष कुसुम सापकोटा, प्रदेशदेखि स्थानिय तहसम्मका विभिन्न रोग विशेषज्ञ पशचिकित्सक तथा किसानहरुको उपस्थिती थियो।