• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सवारी दुर्घटनामा ३ वर्षिया वालिकासहित दुई जनाको मृत्यु

सवारी दुर्घटनामा ३ वर्षिया वालिकासहित दुई जनाको मृत्यु

राजविराज, २८ साउन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ६ स्थित कल्याणपुरमा वुधवार विहान सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। मृतक मध्ये ३ वर्षीया वालिका पनि छिन् ।

पश्चिम जादै गरेको ना.४च ८४८३ नम्बरको पिकअप र पुर्व जाँदै गरेको स ७ प ८९३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घनामा परि मोटरसाईकल चालक स्थानीय ४५ वर्षिय कासिम अंसारी, उनकी पत्नि ४० वर्षिया रोशना खातुन, उनकी छोरी २५ वर्षिया समसुन खातुन र समसुन खातुनकी छोरी ३ वर्षिया फरना खातुन घाईते भएका थिए ।

उनीहरुलाई उपचारका लागि रुपनी गाउँपालिका स्थित युनिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कासिम अंसारी र फरना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घनामा परेका पिकअप र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।