• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा वुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या ६१६, मृतक तीन
सप्तरीमा वुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, २८ साउन । सप्तरीमा वुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना राजविराज र ४ जना रुपनी गाउँपालिकाका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका २ का ९ जना, वडा नं. ६ का ८ जना, वडा नं. ७ का ५ जना, वडा नं. ४, ८, ९ र १४ का १/१ र राजविराजकै उमेर नखुलेका १ जना छन्।

यसैगरी, रुपनी ५ का ६० वर्षिय पुरुष तथा २७ र २९ वर्षका महिला तथा रुपनी ६ का २६ वर्षीय पुरुष पनि संक्रमित भएको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

१ सय ३९ जनाको रिपोर्ट आउँदा ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको उनको भनाई छ ।

यसअघि मंगलवार साँझ डाकनेश्वरी नगरपालिका–८ घर भई राजविराज नगरपालिका–६ सिरहा रोड वस्ने ७९ वर्षिय पुरुष, उनका ज्वाई राजविराज नगरपालिका–२ का ३६ वर्षीय पुरुष र ३२ वर्षीय एक चिकित्सकमा समेत संक्रमण देखिएको थियो। ७९ वर्षिय वृद्धको मंगलवारै मृत्यु भएको छ

यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६१६ पुगेको छ। मृतकको संख्या तीन छ।