• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर र छोरा विरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता

५ लाख घुस लिएको अख्तियारको आरोप
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर र छोरा विरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता

राजविराज, २८ साउन । सिरहाको कल्याणपुर नगरपालिका मेयर सूर्यनाथ मण्डल धानुक र उनका छोरा सन्तकुमार मण्डल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौंमा ५ लाखको विगोसहित आरोप पत्र दायर गरेको छ ।

मेयर धानुकले ‘डिपीआर गर्ने काम’ को भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको र उक्त रकम लिन छोरा सन्तकुमार मण्डललाई पठाएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा मण्डल र उनका छोराले मिलेमतो गरी निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीका लागि काटिएको विभिन्न चेकसमेत नदिई ५ लाख घुस मागेको र वार्गेङ्गिका क्रममा चेकको अन्तिम म्याद समेत गजार्दा रकम समेत भुक्तानी नभएको वुझिएको अख्तियारले जनाएको छ । उक्त ५ लाख घुसको रकम मेयर मण्डलका छोरा सन्तकुमार मण्डलले बुझेको तथ्य स–प्रमाण पुष्टि हुन आएको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको दाविसहित मेयर मण्डललाई बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको लागि अख्तियारले माग गरेको छ ।

यसैगरी, मेयर मण्डलकै निर्देशनअनुसार उनका छोराले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले ५ लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गर्न अख्तियारले दायर गरेको आरोप पत्रमा माग गरिएको छ ।