• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

२५२ जनाको रिपोर्ट आउँदा ७ जनालाई कोरोना पोजेटिभ

२५२ जनाको रिपोर्ट आउँदा ७ जनालाई कोरोना पोजेटिभ

राजविराज, २४ साउन। सप्तरीमा शनिवार २५२ जनाको रिपोर्ट आउँदा ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

राजविराज ७ का ५६ र २६ वर्षिय पुरुष, वडा नं ५ का ३४ र ६२ वर्षिय पुरुष तथा ६१ वर्षिया महिलालाई कोरोना संक्रमण देखिएको हो ।

यसैगरी ठाउँ र उमेर नखुलेका २ महिलासहित जम्मा ७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अग्निसाईर कृष्णा सवरण र महादेवा गाउँपालिका तथा शम्भुनाथ, राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका गरी २५२ जनाको रिपोर्ट सार्वजनिक भएको कार्यालयले जनाएको छ ।