• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना रोकथाममा सहयोगी वन्दै सप्तरी उद्योग वाणिज्य संघ

प्रहरी युनिटहरुमा मास्क र सेनिटाईजर वितरण
कोरोना रोकथाममा सहयोगी वन्दै सप्तरी उद्योग वाणिज्य संघ

राजविराज, २४ साउन । तिव्र रुपमा फैलिदै गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सप्तरी उद्योग वाणिज्य संघले मास्क, सेनिटाईजर तथा अन्य विभिन्न उपकरणहरु वितरण गर्न थालेको छ ।

यसैक्रममा शनिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ तथा इलाका प्रहरी कार्यालय भारदह र हनुमाननगरलाई ५/५ लिटर सेनिटाईजर र ५/५ सय मास्क हस्तान्तरण गरिएको छ। संघका स्थानीय प्रतिनिधिहरु दुर्गानन्द साह लगायतको सहभागितामा वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले तीन वटै निकायका प्रमुखहरुलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरे ।

यसअघि इलाका प्रहरी कार्यालय कंचनपुर, रुपनी र महुलीमा पनि ५/५ लिटर सेनिटाईजर र ५/५ सय मास्क वितरण गरिएको संघका अध्यक्ष प्रधानले जानकारी दिए ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयलाई एकथान फगिङ्ग मेसिन, ५ लिटर सेनिटाईजर र १ हजार मास्क, जिल्ला प्रशासन कार्यालयलाई एक थान अटोमेटिक सेनिटाईजर मेसिन तथा गजेन्द्रनारायण सिंह अस्पताललाई एक थान फगिङ्ग मेसिन र ५ लिटर सेनिटाईजर हस्तान्तरण गरिसकिएको सप्तरी उद्योग वाणिज्य संघले जनाएको छ ।

स्थानीय प्रशासनले पछिल्लो समय मास्क नलगाई सार्वजनिक स्थलमा निस्कने ब्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गर्न थालेपछि उनीहरुलाई राहत दिन पनि मास्क वितरण सुरु गरिएको अध्यक्ष प्रधानले जानकारी दिए । ‘प्रहरीले मास्क नलगाएको भनेर जरिवाना त गर्छ । तर, जरिवाना तिरेर पनि उनीहरुले मास्क नपाईरहेको अवस्था छ’ उनले भने–‘जरिवाना तिरेर फर्कने त्यस्ता ब्यक्तिलाई प्रहरीले कमसेकम एक÷एक थान मास्क पनि दिएर पठाओस भनेर हामीले यो कार्यक्रम ल्याएका हौ ।’

प्रहरी चौकी फत्तेपुर, इलाका प्रहरी कार्यालय वोदेवरसाईन लगायतका प्रहरी युनिटमा पनि मास्क र सेनिटाईजर उपलब्ध गराईने उनले जानकारी दिए ।