• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गैरदलितद्वारा दलित युवामाथी आक्रमण, घाईतेहरुको युनिक अस्पतालमा उपचार हुँदै

गैरदलितद्वारा दलित युवामाथी आक्रमण, घाईतेहरुको युनिक अस्पतालमा उपचार हुँदै

राजविराज, २३ साउन । दलित माथि हुने भेदभाव र आक्रमणलाई निरुत्साहित गर्न संलग्नलाई कारवाही गर्ने गरी सरकारले ऐन वनाएको वर्षौ वित्यो । सरकारका मन्त्री र राजनितिक दलका नेताहरुले जातका आधारमा हुने विभेद अन्त्य गर्ने र त्यस्ता कार्यमा संलग्नलाई कारवाही गर्ने भाषण गर्न अझै छोडेका छैनन्।

तर, दलितमाथि हुने विभेद र शारीरिक हमला नियन्त्रण हुनुको साटो झन वढ्न थालेको पाईएको छ । सप्तरीमो वोदेवरसाईन १० मा शुक्रवार फेरी ६ जना दलित युवाहरु गैरदलितको निसानामा परेका छन् । केहि दिनअघि गालि गरेको विषयमा उनीहरुलाई कुटपिट गरिएको जनाईएको छ। तर, प्रहरीले भने घट्नाको कारण पत्ता लगाई सकेको छैन ।

स्थानीय २३ वर्षीय रन्जनकुमार यादव, २३ वर्षीय शिवकुमार यादव, २२ वर्षीय जितेन यादव, २१ वर्षीय चन्दन यादव, २३ वर्षीय चन्दन यादव र ४० वर्षीय दलुवा यादवको आक्रमणवाट २५ वर्षीय रामदुलार राम, २५ वर्षीय रामनन्दन राम, १९ वर्षिय जितेन राम, २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम र २० वर्षीय दिपेन राम घाईते भएका छन् ।

टाउको, अनुहार र हातखुट्टामा चोट पटक लागेका उनीहरुलाई उपचारका लागि रुपनी गाउँपालिका स्थित युनिक अस्पताल भर्ना गरिएको छ । उनीहरुले भाटा र लौरो वोकेर आएको र एक्कासी हिर्काउने थालेको पीडितहरुले वताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले ५/६ जनामाथि कुटपिट भएको र उनीहरु उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिदै संलग्नहरुको प्रहरीले खोजी गरिरहेको वताए । ‘५/६ जनाकै संख्यामा संलग्नहरु फरार भएको जानकारी छ’ उनले भने–‘इलाका प्रहरी कार्यालय कडरवोनाले उनीहरुको खोजतलास र आवश्यक कार्वाहीको प्रकृया सुरु गरेको छ ।’