• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा चौथो दिन पनि निशेधाज्ञा जारी [फोटो फिचर]

सप्तरीमा चौथो दिन पनि निशेधाज्ञा जारी [फोटो फिचर]

राजविराज, २३ साउन । सप्तरीमा कोरोना संक्रमणको दर तिव्र रुपमा वढेपछि जिल्ला सुरक्षा समितिले जिल्लाभरी लागु हुने गरी गत मंगलवारदेखि निशेधाज्ञा गरी गरेको छ । सोमवार वसेको वैठकको निर्णय अनुसार मंगलवार विहान ५ वजेदेखि सुरु भएको निशेधाज्ञा शुक्रवार चौथो दिन पनि जारी छ ।

निशेधाज्ञाकै विचमा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ भने संक्रमितको संख्या वढेर ५५८ पुगेको छ । निशेधाज्ञा जारी गर्दा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३१ थियो ।

तर, निशेधाज्ञा जारी भएपछि जिल्लामा मानिसको चहल पहल र सवारी साधानका चाप घटेको छ । जिल्लाका मुख्य वजारहरु प्रायः सुनसान भएका छन् भने ग्रामिण वजारहरुमा भने सामान्य चहल पहल जारी नै छ।

यसैगरी पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्स, अत्यावस्यक सामान वोकेका ट्रक तथा केहि प्राईभेट गाडि र मोटरसाईकलहरु सामान्य रुपमा चलेका छन् । तर, तुलनात्मक सवारी चाप समेत घटेको छ ।

जिल्ला सुरक्षा समितिले जारी गरेको निशेधाज्ञामा औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा÷मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा/स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल निशेध गरिएको छ ।

आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरीने जनाईएको छ । उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न/गराउन जानकारी गराईएको छ । अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ।