• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा थप १८ जनालाई कोरोना पुष्टि

राजविराज, २२ साउन । सप्तरीमा विहिवार ४ स्वास्थ्यकर्मीसहित १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्डका ४ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले वताए ।

यो सँगै अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ९ पुगेको छ । यसअघि ५ जनालाई संक्रमण पुष्टि भएको र उनीहरु मध्ये २ जना डिस्चार्ज भईसकेको झाले जानकारी दिए ।

विहिवार कोरोना पुष्टि भएकाहरुमा छिन्नमस्ता गाउँपालिका ५ का दुई जना उमेर नखुलेका पुरुष, वडा नं. ४ का २५ बर्षिया महिला, राजविराज नगरपालिकाको वडा नखुलेका ४०, ४०,३१ र ३८ बर्षिय पुरुष, राजविराज ४ का ३३ बर्षिय पुरुष र ५५ बर्षिया महिलालाई कोरोना पुष्टि भएको छ ।

यसैगरी, रुपनी गाउँपालिका ६ का २४ बर्षिय पुरुष, महादेवा गापा २ का ३७,३७, ३६ र ३४ बर्षिय पुरुष, तिलाठी कोइलाडी गापा २ का उमेर नखुलेका ३ जना पुरुष १७ र वडा नं. ७ का उमेर नखुुलेका एक जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५५८ पुगेको छ।