• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

खडक नगरपालिकामा एकै परिवारका तीन वालिकालाई देखियो कोरोना

परिवारका दुई सदस्य यस अघि नै आईसोलेसनमा
खडक नगरपालिकामा एकै परिवारका तीन वालिकालाई देखियो कोरोना

राजविराज, २१ साउन। सप्तरीको खडक नगरपालिकाका तीन वालिकालाई कोरोना संक्रमण भएको छ।

खड्क नगरपालिका १० का १५, ५ र ४ बर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो। उनीहरु एकै परिवारका हुन्। वालिकाका ५७ वर्षिय हजुरवुवासहित २ जना अभिभावकलाई यसअघि नै कोरोना संक्रमण देखिएपछि आईसोलेसनमा राखिएको छ।

त्यतिवेला वालिकाहरुको स्वाव परिक्षण गर्दा रिपोर्ट सस्पेक्ट देखिएपछि पुनः गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराजले वुधवार सार्वजनिक गरेको रिपोर्टमा उनीहरुको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो।

खडक नगरपालिकाका क्वारेन्टाईन इन्चार्ज मो. जाकिर हुसैनका अनुसार भारतको खुटौना स्थित वसाहामा वसोवास गर्ने वालिकाका एक जना आफन्तको दुई साता अघि निधन भएको थियो । त्यसक्रममा परिवारका ५ जना सदस्य खुटौना गएका थिए ।

खुटौनावाट फर्किएका पाँचै जनालाई क्वारेन्टाईनमा राखि स्वाव परिक्षण गराउँदा यसअघि ५७ वर्षिया पुरुष र २२ वर्षिया महिलामा कोरोना पुष्टि भएको थियो । क्वारेन्टाईनमा पुग्नुअघि नै उनीहरु घर पुगेको पाईएपछि पुनः परिवारका अन्य सदस्यको पनि स्वाव परिक्षण गराउँदा वालिकामा पनि संक्रमण देखिएको उनले जानकारी दिए ।

गजेन्द्र नारायण सिंह अस्पतालले वुधवार सार्वजनिक गरेको १ सय १३ जनाको रिपोर्टमा अन्य १ सय १० जनाको रिपोर्ट भने नेगेटिभ छ।