• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराजमा थप ४ जनालाई कोरोना संक्रमण

राजविराजमा थप ४ जनालाई कोरोना संक्रमण

राजविराज, २० साउन । सप्तरीमा मंगलवार थप ४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

साउन १९ गते स्वाव संकलन गरिएका मध्ये ४६ जनाको रिपोर्ट आउँदा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनीहरु सवै राजविराज नगरपालिकाका हुन्।

राजविराज नगरपालिका ९ का ५० वर्षिय पुरुष, वडा नं. ३ का २७ वर्षिय पुरुष, वडा नं. १३ का २८ वर्षिय महिला र वडा नं. ६ का २१ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए ।

यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५३५ पुगेको छ ।