• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा सात दिने निशेधाज्ञाको पहिलो दिन तुलनात्मक रुपमा चहल पहल घट्यो

सप्तरीमा सात दिने निशेधाज्ञाको पहिलो दिन तुलनात्मक रुपमा चहल पहल घट्यो

राजविराज, २० साउन। सप्तरीमा आजदेखि सात दिने निशेधाज्ञा सुरु भएको छ ।

जिल्ला सुरक्षा समितिको सोमवार वसेको वैठकको निर्णय अनुसार सप्तरी जिल्लाभरी निषेधाज्ञा जारी भएको हो । सप्तरीमा कोरोना संक्रमितको संखया ५ सय ३१ पुगेको र सदरमुकाम राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेकाले सजगता अपनाउन निषेधाज्ञा जारी गरिएको हो ।

संक्रमणको बिस्तारलाई रोक्न तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेकाले कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्य बाहेकका कार्य नगर्न/नगराउन आदेश गरिएको छ ।

आदेश जारी भएपछि मंगलवार विहानैदेखि सदरमुकाम राजविराजसहित भारदह, कंचनपुर, रुपनगर, फत्तेपुर तथा पुर्व पश्चिम राजमार्गमा समेत चहलपहल कम छ। रुपनगर, कंचनपुर लगायतका स्थानमा सिटि रिक्सा, मोटरसाईलक लगायतका सवारी साधन फाट्टफुट्ट चलेका छन् भने भारदहमा १/२ वटा किराना/पान पसल खुलेको स्थानीयले जानकारी दिए ।

अन्य ग्रामिण वजारहरुमा पनि सर्वसाधारणको चहलपहल खासै देखिएको छैन । फत्तेपुर वजार पुर्ण रुपमा वन्द रहेको स्थानीय रामप्रसाद फुयलले जानकारी दिए ।

निशेधाज्ञा जारी भएपछि अत्यावस्यक काम वाहेक सर्वसाधारणको चहलपहल नदेखिएको स्थानीयहरुको भनाई छ ।

औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा/मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा/स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न/नगराउन निशेधाज्ञामा उल्लेख छ।

आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरीने जनाईएको छ । उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्नरगराउन जानकारी गराईएको छ । अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ।