• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित, जम्मा संख्या ५ सय ३१

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित, जम्मा संख्या ५ सय ३१

राजविराज, १९ साउन । सप्तरीमा थप ७ जना कोरोना संक्रमित भएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालले मंगलवार सार्वजकि गरेको रिपोर्ट अनुसार ७ जना संक्रमित थपिएका हुन् । राजदेवि क्वारेन्टाईनका ६८ र उच्च अदालत जनकपुर, राजविराज इजलासवाट स्वाव कलेक्सन गरिएको १०९ मध्ये उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएका मध्ये सवैको ठेगाना राजविराज ८ उल्लेख छ। उनीहरु सवैको स्वाव अदालतवाट कलेक्सन गरिएको हो । ३७, ३८, २६, २८, २०, २० र २८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ ।