• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जिल्ला सुरक्षा समितिको निर्णयः मंगलवारदेखि लागू हुने गरी ७ दिनसम्म जिल्लाभरी निशेधाज्ञा

जिल्ला सुरक्षा समितिको निर्णयः मंगलवारदेखि लागू हुने गरी ७ दिनसम्म जिल्लाभरी निशेधाज्ञा

राजविराज, १९ साउन । जिल्ला सुरक्षा समिति सप्तरीले निशेधाज्ञाको दायरा वढाएको छ । साउन ८ गतेदेखि राजविराज नगरपालिकामा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको समितिले मंगलवारदेखि लागू हुने गरी सातदिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरेको छ ।

सोमबार बसेको सुरक्षा समितिको बैठकले मंगलबार विहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम सप्तरी जिल्लाभरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

हालसम्म सप्तरीमा ५ सय ३१ जना कोरोना संक्रमित भएको र सदरमुकाम राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेको अवस्थामा सजगता अपनाउन निषेधाज्ञामा आग्रह गरिएको छ । यसैगरी, संक्रमणको बिस्तारलाई रोक्न तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेकाले कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्य बाहेकका कार्य नगर्न/नगराउन आदेश गरिएको छ ।

औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवारमालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा÷स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न/नगराउन प्रशासन कार्यालयले जारी गरको निशेधाज्ञामा उल्लेख छ।

आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरीने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्नरगराउन जानकारी गराईएको छ । अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।