• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आलोचना वढेपछि गजेन्द्रनारायण सिंह अस्पतालद्वारा आयब्यय सार्वजनिक

तलव भत्तामा मात्रै १ करोड ३७ लाख खर्च
२६ लाख ६६ हजार खातामा
आलोचना वढेपछि गजेन्द्रनारायण सिंह अस्पतालद्वारा आयब्यय सार्वजनिक

राजविराज, १९ साउन । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले आईतवार वार्षिक समिक्षा गोष्ठि मार्फत अस्पतालको मोटामोटी खर्च विवरण सार्वजनिक गरेको छ ।

आईसोलेसन ब्यवस्थापन तथा समग्र खर्चको विषयलाई लिएर ब्यापक असन्तुष्टि वढ्न थालेपछि अस्पतालले खर्च विवरण सार्वजनिक गरेको हो । निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले प्रस्तुत गरेको विवरण अनुसार अस्पतालको कुल ३ करोड ५७ लाख ९६ हजार वजेट मध्ये १ करोड ३६ लाख ९० हजार १२ रुपैयाँ जोखिम भत्ता र तलवभत्तामा मात्रै खर्च भएको छ ।

संघिय सरकारले कोरोना नियन्त्रणका लागि फ्रण्ट लाईनमा खटिने स्वास्थ्यकर्मीका लागि तोकेको जोखिम भत्ता १ करोड २९ लाख २० हजार ५ सय २४ रुपैयाँ तथा पिसिआर ल्यावमा कार्यरत कर्मचारी र अन्य स्टाफको तलवभत्ता गरी कुल १ करोड ३६ लाख ९० हजार रुपैयाँ तलव भत्तामा खर्च भएको निमित्त मेसु झाले वताए ।

आम्दानी र खर्चको विवरण
अस्पताललाई प्रदेश २ सरकारले विभिन्न समयमा गरी ६१ लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न समयमा गरी कुल २ करोड ३५ लाख ७६ हजार तथा जनशक्ति ब्यवस्थापनका लागि राजविराज नगरपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

कोरोना ब्यवस्थापन लगायतका विभिन्न शिर्षकसहित अस्पतालमा रहेको कुल ३ करोड ५७ लाख ९६ हजार वजेट मध्ये ३ करोड २९ लाख ५७ हजार १९४ रुपैयाँ खर्च भएको छ । खर्च मध्ये संघिय सरकारको निर्देशन अनुसार जोखिम भत्ता १ करोड २९ लाख २० हजार ५ सय २४ रुपैयाँ, तलवभत्ता ७ लाख ६९ हजार ४८८ रुपैयाँ र जनशक्ति ब्यवस्थापनतर्फ ५९ हजार ९ सय १ रुपैयाँ खर्च भएको झाले जानकारी दिए ।

हाल विकास समितिको खातामा ११ लाख ३९ हजार ८ सय ८८ र कोष तथा लेखा नियन्त्रक कार्यालयको एकल कोष मौज्दात खातामा १५ लाख २६ हजार ४ सय ९ रुपैयाँ गरी कुल २६ लाख ६६ हजार २९७ रुपैया मौज्दात छ। १ लाख ७२ हजार ५ सय ७ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको उनले वताए ।

प्रदेश सरकारद्वारा उपलब्ध रकम मध्ये पिसिआर ल्यावमा कार्यरत कर्मचारीको तलवभत्तामा ७ लाख ५९ हजार ४८८, ल्याव पार्टीशनमा ४ लाख ६६ हजार १२०, आईसोलेसन ब्यवस्थामा खटिएका कर्मचारीको खानामा ९४ हजार, औषधी खरिदमा १० लाख, पिसिआर ल्याव तथा आईसोलेसन ब्यवस्थापनमा २५ लाख ५५ हजार ३५१ गरी कुल ४९ लाख ६० हजार १११ रुपैयाँ खर्च भएको छ । पिसिआर ल्याव तथा आईसोलेसन ब्यवस्थापन शिर्षकमा फर्निचर, एसी, पावर ब्याकप, भाँडाकुँडा, कम्प्युटरलगायतको मर्मत तथा ब्यवस्थापनका खर्च समावेश भएको अस्पतालले जनाएको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालयवाट प्राप्त रकम मध्येवाट औषधी, पिपिइ तथा सर्जिकल समान खरिदमा ९ लाख ९७ हजार ८१९, अक्सिजन ग्यास खरिदमा ९ लाख ९९ हजार ३४०, विरामी वेड, औषधी, आईसोलनसन ब्यवस्थापन तथा विविध खर्चमा ८ लाख ८० हजार ६९५, कर्मचारी विज्ञापन सुचना तथा एफएमवाट जनचेतना मुलक प्रचार प्रसारमा २२ हजार १ सय, जोखिम भत्ता १ करोड २९ लाख २० हजार ५२४, पिसिआर ल्याव रिएजेन्ट, भिटिएम लगायतका अन्य सामग्री टेण्डर भुक्तानी ४९ लाख ९९ हजार ५१३, आईसोलेसन विरामी खाना/खाजा, आईसोलेसन स्टाफ खाना÷खाजा, स्टाफ क्वारेन्टाईन, पिसिआर स्टाफ खाजामा १९ लाख ३ हजार ५ सय गरी कुल २ करोड २७ लाख २३ हजार ४९२ रुपैयाँ खर्च भएको झाले वताए ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत महालेखा नियन्त्रकको कार्यालयद्वारा कोलेनीकाको विविधि कोषवाट प्राप्त रकम मध्ये आईसोलेसन विरामी र स्टाफको खाना/खाजा, स्टाफ क्वारेन्टाईन पिसिआर स्टाफ खाजामा २१ लाख १३ हजार ८ सय १, एम्वुलेन्स सोधभर्ना ७१ हजार २ सय, पिपिई, सरसपाई समान, मर्मत, इन्धन, औषधी, विद्युत सामग्री लगायतमा १८ लाख ३१ हजार ५५, विरामी वेड ९ लाख ३६ हजार ६ सय र ल्याव पार्टिसन, एम्वुलेन्स पार्टीसन, जनशक्ति पदपुर्ति ब्यवस्थापनमा ३ लाख २० हजार ९३५ गरी कुल ५२ लाख ७३ हजार ५९१ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।

यस्तो छ आईसोलेसन ब्यवस्थापन र खर्चको हिसाव
अस्पतालले गरेको खर्च मध्ये आईसोलेसन ब्यवस्थापन र विरामीको खाना खर्चका विषयमा पनि अस्पतालले जानकारी दिएको छ । आईसोलेसनमा एक छाक खाना खर्च १५१ र अण्डा ३० गरी १८१ रुपैयाँ र खाजा/चियामा १२५ रुपैया खर्च निर्धारण भएको छ । जसमध्ये असार ३१ गतेसम्म ११ हजार छाक खाना तथा ५ हजार ५ सय छाक नास्ता/चियामा खर्च भएको निमित्त मेसु झाले वताए ।

यस वाहेक आईसोलेसनको प्रत्येक सिफ्टमा २ जना डाक्टर, ३ जना नर्स, २ जना ल्याव स्टाफ, १ जना मेडिकल रेकर्डर, ४ जना अफिस हेल्पर, १ जना भान्से, १ जना विजुली मिस्त्री र १ जना ड्राईभर गरी १५ जना स्टाफको खर्च पनि त्यसै अन्तर्गत परेको झाले वताए ।