राजविराज, १७ साउन । सप्तरीमा शनिवार एकै दिन २४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये राजविराज नगरपालिकाका १८, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा तिरहुत र अग्निसाईर कृष्णा सवरण गाउँपालिकाका १/१ जना छन् ।
राजविराजमा वडा नं. २ का २ जना, वडा नं. ४ का ७, वडा नं. ५ का १ जना, वडा नं. ६ का ४, वडा नं. ७ र ८ का २/२ जना छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राजविराज २ का २५ र २२ वर्षिय पुरुष, वडा नं. ४ का ५५ वर्षिय, ६० वर्षिय, २० वर्षिय, ६ वर्षिय, २२ वर्षिय , ३७ वर्षिय र २४ वर्षिय पुरुष छन् ।
यस्तै वडा नं. ५ का ४० वर्षिय पुरुष, वडा नं. ६ का ११ वर्षिय महिला, २२ वर्षिय, ३७ वर्षिय र ३५ वर्षिय पुरुष, वडा नं. ७ का ५५ र ४० वर्षिय पुरुष, वडा नं. ८ का ३६ र ३२ वर्षिय पुरुष कोरोना संक्रमित भएको छन् ।
राजविराज वाहिर हनुमाननगर कंकालिनी नगरपालिका ४ का २३ वर्षिय पुरुष, १२ का २९ र १२ वर्षि पुरुष तथा ४ वर्षिय वालिका कारोना संक्रमित भएका भने तिरहुत गाउँपालिका २ का २० वर्षिय पूरुष र अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ का ४२ महिला कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालले शनिवार साँझ सार्वजनिक गरेको रिपोर्टमा सिरहाको वरियारपट्टि १ का समेत ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । वरियारपट्टि १ का २०, २५ र ३४ वर्षिय पुरुष छन् । उनीहरु सप्तरीमै क्वारेन्टाईनमा रहेको जनाईएको छ ।
यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय पुगेको छ। शनिवार राजविराजमा थपिएका मध्ये १ जना जनप्रतिनिधि र एक सुरक्षाकर्मी समेत छन् ।
सम्वन्धित समाचार