• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा ६० बर्ष नाघेका वृद्धवृद्धालाई ‘भिटामिन सी’ वितरण

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा ६० बर्ष नाघेका वृद्धवृद्धालाई ‘भिटामिन सी’ वितरण

राजविराज, १६ साउन । तिलाठी कोइलाडी गाउँपालिकाले ६० बर्षमाथिका वृद्धवृद्धालाई भिटामिन सी वितरण गर्न थालेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत वृद्धवृद्धालाई भिटामिन सी वितरण गर्न थालिएको हो ।

रोग प्रतिरोधी क्षमता अभिवृद्धिकालागि उक्तऔषधि वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेशकुमार मिश्रले जानकारी दिए । विश्वब्यापी रुपमा वढिरहेको कोरोना भाईरसले दिर्घरोगी तथा वृद्धवृद्धालाई वढि जोखिम दिएपछि उनीहरुको सुरक्षा गर्न यस्तो कार्यक्रम ल्याईएको उनको भनाई छ ।

वडा नं. ७ बाट शुरु भएको भिटामिन सी वितरण कार्यक्रम गाउँपालिकाका ८ वटै वडामा पुर्याईने मिश्रले बताए । गाउँपालिकामा कुल १ हजार ६ सय ४ जना वृद्धवृद्धा रहेको कार्यालयले जनाएको छ ।