• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारतले सहमति उलंघन गर्दा नेपालमा अपेक्षा भन्दा वढि कोरोना फैलियोः राष्ट्रिय सभा सदस्य प्याकुरेल

भारतले सहमति उलंघन गर्दा नेपालमा अपेक्षा भन्दा वढि कोरोना फैलियोः राष्ट्रिय सभा सदस्य प्याकुरेल

राजविराज, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले नेपाल र भारत सरकारविच भएको सहमति उलंघन भएका कारण नेपालमा अपेक्षा भन्दा वढि कोरोना संक्रमण फैलिएको वताएका छन् ।

गृह जिल्ला सप्तरी आएका प्याकुरेलले राजविराजमा पत्रकार सम्मेलन गरी सहमति विपरीत भारतले नेपालीहरुलाई दशगजामा ल्याएर थुपारि दिएको र नेपालले चाप थेक्न र ब्यवस्थापन गर्न नसक्दा नेपालमा कोरोनाको संक्रमण अपेक्षाभन्दा वढि भएको वताए । ‘नेपालमा रहेका भारतीय नागरिक र भारतमा रहेका नेपाली नागरिकलाई संवन्धित ठाउँमा नै सुरक्षित राख्ने सहमति विपरित भारतले त्यस्तो गर्यो’ उनले भने–‘एक्कासी दशगजामा भिड वढेपछि हामीले हतारमा त्यसलाई ब्यवस्थापन गर्नै सकेनौं ।’

तर पनि नेपालले कोरोनालाई सहज रुपमा ब्यवस्थापन गरिरहेको उनले दावी गरे । ‘कोरोना ब्यस्थापनमा सफल भएका देश मध्ये नेपाल पनि एक हो’ उनले थपे–‘लकडाउन खुलेपछि सर्वसाधारणले सजगता नअपनाएका कारण संक्रमण केहि वढेको छ, त्यो पनि नियन्त्रणमा आउँछ।’

सरकार ढाल्ने खेल भए गम्भिर समस्या आउँछ
प्याकुरेलले वर्तमान सरकार ढाल्ने काम भए मुलुक गम्भिर समस्यामा फस्ने बताए। नेपालको इटिहाँसमा २०१५ सालमा पनि यस्तै घटना भएको प्रसंग कोट्याउदै उनले भने –‘२०१५ सालमा सरकार ढाल्दा प्रतिपक्ष अति नै कमजोर थियो। अहिलेको अवस्थामा पनि त्यस्तै छ। प्रतिपक्षले सरकार बनाउने हैसियत नराख्ने भएका रकाण सरकार ढाल्दा अहिलेको उपलब्धि पनि खोसिने सम्भना छ ।’

सरकार ढले विकास निर्माणका काम समेत सबै अवरुद्ध हुने उनले जिकिर गरे । संकटको अवस्थामा पनि सरकारले राम्रो काम गरिरहेको वताउँदै नकारात्म भन्दा पनि सकारात्मक समाचार संप्रेषण गर्न उनले पत्रकारलाई आग्रह गरे ।

कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका सबैको मनोबल बढाउने काममा लाग्न उनले आग्रह गरे । केही स्थानिय तहहरुले विपद्का बेला केन्द्रबाट बजेट नपाएको भनी गुनासो गरेको विषयमा उनले –‘सरकारले नदिएको भए अहिलेसम्मका गतिविधि कसरी भए ।’ यद्यपी संघिय सरकारले सवै स्थानीय तहलाई कोरोना नियन्त्रणलाई पहिलो प्राथमिक्तामा राख्न आग्रह समेत गरिरहेको उनले वताए । ‘भएको पैसा कारोना नियन्त्रणमा खर्च गर्नोस त्यसको भरपाई सरकारले गर्छ भनेकै छ’ उनले थपे–‘भनेको काम नगरेर वजेट दिएन भन्दै भाषण गरेर समस्याको समाधान हुन्छ ।’

पत्रकार सम्मेलनका संचालन गरेका नेकपा प्रदेश २ का सदस्य सुखराम यादवले जिल्लामा बाढी र कोरोनाको अवस्था बारे जानकारी गराउँदै पार्टी र सरकारले त्यस विरुद्ध गरिरहेको गतिविधिका विषयमा जानकारी दिन आग्रह गरेका थिए ।