• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ७०

सप्तरीमा थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ७०

राजविराज, १५ साउन । सप्तरीमा विहिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराजले सार्वजनिक गरेको रिपोर्ट अनुसार राजविराज–६ का उमेर नखुलेका एक पुरुष, सोही वडाको ४५ वर्षीया एक महिला, राजविराज ७ का ३० वर्षीय पुरुष र राजविराजको वडा नखुलेका २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यो सहित सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ७० पुगेको छ ।

केहि दिनअघि गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सीका एक विरामीमा कोरोना संक्रमण देखिएपछि सम्पर्कमा रहेका अस्पतालका डाक्टरसहित १४ जना स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । सोहि दिनदेखि उनीहरुलाई क्वारेन्टाईमा राखिएको थियो ।

अस्पतालले विहिवार १४ जना स्वास्थ्यर्मी, आइसोलेशनमा रहेका ४७ सहित ३८६ जनाको रिपोर्ट सार्वजनिक गरेको जनाईएको छ ।