• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा थप ४ जनालाई कोरोना संक्रमण

राजविराज, १३ साउन। सप्तरीमा मंगलवार साँझसम्म थप चारजनामा कोरोना संक्रमण देखिएको छ ।

शम्भुनाथ नगरपालिका ३ का ३६ वर्षिय पुरुष, वोदेवरसाईन नगरपालिका ५ का २४ वर्षिय पुरुष, वडा नं. ८ का १८ र २६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ ।