• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नागरिकलाई कार्यान्वयन गर्न सिकाउने प्रहरी वाटै नियम उलंघन

मास्क नलगाएको आरोपमा कञ्चनपुरमा नियन्त्रण गरिएका ३६ जनालाई मास्क नलगाई ‘वान टन’ मा कोचेर ल्याईयो राजविराज
नागरिकलाई कार्यान्वयन गर्न सिकाउने प्रहरी वाटै नियम उलंघन

राजविराज, १३ साउन । सप्तरीमा कोरोना संक्रमण समुदायमै फैलिएपछि जिल्ला सुरक्षा समितिले साउन ८ गतेदेखि सदरमुकाम राजविराजमा निशेषधाज्ञा जारी गर्दै अनावश्यक रुपमा घर वाहिर ननिस्कन र निस्कनै परे सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको छ ।

अनावश्यक रुपमा हिड्डुल गर्ने, चौक–चौकमा भिडभाड गर्ने र सुरक्षाका उपाय समेत अवलम्वन नगर्ने प्रवृत्ति देखिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले दुई दिन अघि मास्क नलगाउनेलाई कारवाही गर्नेसम्मको चेतावनी दिएको थियो । यसै सुचना र निर्णयलाई कार्यान्वयन गर्न मंगलवारदेखि प्रहरीले मास्क नलगाई हिड्नेलाई नियन्त्रण गर्न थालेको छ ।

तर, मास्क अनिवार्य प्रयोग गर्ने निर्णय कार्यान्वयन गराउन लागि परेको प्रहरीले नै नियम उल्लंघन गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । प्रहरीले आज ३ वजेसम्म राजविराज र कञ्चनपुरमा गरी सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ। राजविराजमा २५ जना र इलाका प्रहरी कार्यालय कन्चनपुरले ३६ जनालाई नियन्त्रण लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको छ । तर, उनीहरुलाई राजविराज ल्याउने क्रममा मास्नै नलगाई एउटै गाडिमा कोचेर ल्याएको स्थानीयले जानकारी दिए ।

कन्चनपुरवाट राजविराज ल्याईका ३६ जनालाई विना मास्क प्रहरीको ‘वान टन गाडि’ मा हालेर राजविराज लगिएको कंचनपुरका स्थानीयले वताए । प्रहरीको यस्तो खेलाँचीले सर्वसाधारण थप असुरक्षित भएको उनीहरुको ठहर छ । ‘जनताको सुरक्षाका लागि सुरु गरिएको प्रहरीको काम सह्रानिय छ’ एक स्थानीयले भने–‘तर, निर्णय कार्यान्वयन गर्दा थप जोखिम नहोस भन्ने कुरामा पनि ध्यान दिनु पर्यो ।’

नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले पनि प्रहरी÷प्रशासन सचेत हुनु पर्ने आवश्यक्ता देखिएको वताए । महामारीका रुपमा फैलिएको कोभिड १९ नियन्त्रणका लागि प्रहरी प्रसानले सुरु गरेको काम सकारात्मक छ। तर, उनीहरुकै कारण सर्वसाधारण जोखिममा पर्नु चाहि दुखद अवस्था हो । ‘पहिला सचेत गराउने, शर्त र मापदण्ड कार्यान्वयनका लागि प्रोत्साहन गर्ने काम गर्नुपर्छ’ उनले भने–‘त्यसपछि सामान्य वल प्रयोग गर्नुपर्ने अवस्था आयो भने सुरक्षाका उपाय चाहि लागु गर्नुपर्छ ।’

इलाका प्रहरी कार्यालय कञ्चपुरका डिएसपी नरेश कुमार सिंहले पनि उदेश्य राम्रै भएपनि पठाउने क्रममा सामान्य त्रुटि भएको स्विकार्दै आगामी दिनमा त्यसलाई सुधार गरिने र सुरक्षाका उपायहरुको ब्यवस्था गरिने वताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले प्रहरीद्वारा उपस्थित गराइएका सवैलाई १ सय रुपैयाँ जरिवाना गरेर छोडिने जानकारी दिए।

सम्वन्धित समाचार

मास्क नलागाई सार्वजनिक स्थलमा निस्केका २५ जना प्रहरीको नियन्त्रणमा