• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा थप १५ जनाको रिपार्ट कोरोना पोजेटिभ, संक्रमितको संख्या ४ सय ६२ पुग्यो

सप्तरीमा थप १५ जनाको रिपार्ट कोरोना पोजेटिभ, संक्रमितको संख्या ४ सय ६२ पुग्यो

राजविराज, १२ साउन । सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार साँझ आएको रिपोर्ट अनुसार तिलाठि कोईलाडि गाउँपालिकाका ६, राजविराज नगरपालिकाका २ र वलान विहुल गाउँपालिकाका ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका –२ का २२, २७, २९, ४० र ५१ वर्षिय पुरुष र वडा नंं. ६ का २२ वर्षीय पुरुष, राजविराज नगरपालिका–३ का २४ वर्षिय पुरुष र वडा नंं ८ का २७ वर्षीय पुरुष तथा बलान बिहुल गाउँपालिका १ का २६ वर्षीय पुरुष, वडा नंं. २ का २० वर्षीय पुरुष, वडा नंं. ३ का ४, १० र २० वर्षीय पुरुष, वडा नंं ४ का २३ र ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराईरहेका तिलाठि कोईलाडि गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवार र सम्पर्कमा आएका ब्यक्तिको स्वाव परिक्षण गर्दा तिलाठिका ६ जनामा कोरोना भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

ति मध्ये परिवारका ५ जना र सम्पर्कमा आएका गाउँका एक जना गरी ६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । २२ वर्षिय पुरुष गाउँले हुन भने अन्य ५ जना उनको परिवारका सदस्य हुन् ।