• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कोरोना संक्रमितमा देखिन थाल्यो लक्षण

अहिले १५ प्रतिशत संक्रमित लक्षण लिएर आउँछन्ः अस्पताल
सप्तरीमा कोरोना संक्रमितमा देखिन थाल्यो लक्षण

राजविराज, १२ साउन । सप्तरीमा पनि कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। यसअघि लक्षण नभएका पाइए पनि अहिले आउने संक्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको हो।

गजेन्द्रनारायण सिंह असपतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले अहिले आउने संक्रमित मध्ये १५ प्रतिशतमा केहि न केहि लक्षण देखिने गरेको वताए । कतिपय संक्रमितमा रुखाखोकी, श्वासप्रश्वास लगायतका समस्या देखिने गरेको उनले जानकारी दिए ।

कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भईरहेका प्रयासका विषयमा जानकारी लिन सोमवार सप्तरी आएको प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई सप्तरीको अवस्थाका वारेमा जानकारी दिदै झाले भने–‘संक्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति ब्यवस्थापन झन जटिल भएको छ । पहिला केहि गर्नु नपर्ने भएपछि पछिल्लो समय स्वास्थ्यकर्मीले उनीहरुको चेकजाँच लगायतका काम वढेको छ ।’

गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ २४ गतेवाट पिसिआर प्रयोगशाला संचालनमा आएपछि ३ हजार ९ सय ६० जनाको स्वाव परिक्षण गरिएको र ति मध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ देखिएको झाको भनाई छ । प्रयोगशालामा हाल दैनिक १५० देखि २ सय जनासम्मको पिसिआर परिक्षण भईरहेको उनले जानकारी दिए ।

सप्तरीमा देखिएका कुल ४ सय ४७ संक्रमित मध्ये आईतवार साँझसम्म गजेन्द्रनारायण सिंह अस्पताल अन्तर्गत संचालनमा रहेको आईसोलेसनमा ४ सय २१ जना भर्ना भएको र अहिले पनि ११९ जना उपररत रहेको झाले वताए । १७८ वेडको आईसोलेसनमा एकै पटक १७२ जनासम्म भर्ना गरेर उपचार गर्न आफुहरु सफल भएको पनि झाले जानकारी दिए ।

यो पनि…

सप्तरीमा कोरोना कहरः रोकथाम र नियन्त्रणका लागि जनशक्ति र श्रोत/साधनको अभाव