• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

वाढिका कारण सप्तरी र सिरहाको ४ हजार हेक्टर धानवाली डुवानमा

वाढिका कारण सप्तरी र सिरहाको ४ हजार हेक्टर धानवाली डुवानमा

राजविराज, १ साउन। असार अन्तिम साताको वाढिका कारण सिरहा र सप्तरीको करिव ४ हजार हेक्टर धानवाली डुवानमा परेको छ ।

कृषि ज्ञान केन्द्र राजविराजका अनुसार सप्तरीमा ६२ हजार ८ सय हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानवालि लगाउने गरिएको छ । दुवै जिल्लामा ९० देखि ९५ प्रतिशत धान रोपाई भईसकेको छ । तर, रोपाई सकिनै लाग्दा सुरु भएको वर्षा र वाढिका कारण सप्तरीमा करिव २ हजार र सिरहामा पनि सोहि अनुपातमा धानवाली डुवानमा परेको अध्ययन परिक्षण तथा तथ्यांक शाखाका कृषि अर्थ विज्ञ किसनुदेव राउतले वताए।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठि कोईलाडि, छिन्नमस्ता, राजगढ, विष्णुपुर गाउँपालिकासहित आधा दर्जन भन्दा वढि स्थानीय तहमा धानवाली डुवानमा परेको छ। सप्तकोशी, खाँडो, त्रियुगा, वलान लगायतका खोलाको वाढि धानवालिमा पसेको उनले वताए ।

यसैगरी, सिरहामा कमला, मैनावती लगायतका नदिको वाढिले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहा लगायत नेपाल–भारत सिमा क्षेत्रका स्थानीय तहको धान खेती डुवानमा परेको राउतले वताए । डुवानमा परेको मध्ये सरदर १/१ हजार हेक्टरमा वढि र वाँकी क्षेत्रमा सामान्य असर देखिएको छ । ‘कतिपय ठाउँमा अहिले पनि कम्मरसम्म पानी छ, तर आधी क्षेत्रमा सामान्य असर छ’ राउतले भने–‘थप वर्षा नभए डुवान भएको धानवालिलाई फाईदा नै हुन्छ।’

साउनको दोश्रो सातासम्म वर्षा नभए वालि नविग्रिने र उत्पादन वढ्ने राउतले वताए । ‘लगातार डुवानमा परिरहे विउ कुहिने सम्भावन वढि हुन्छ’ उनले भने–‘तर, एक पटक पसेको पानी सुक्न पाए डुवानमा परेको क्षेत्रमा धान उत्पादन वढ्ने सम्भावना छ।’

धान उत्पादन वढ्ने
वर्षाका कारण केहि क्षेत्रमा धानवालि डुवानमा परेपनि यस वर्ष सप्तरी र सिरहामा धान उत्पादन वढ्ने अनुमान गरिएको छ । रोपाईको समयमा उपयुक्त वर्षा र समयमै रोपाई सकिएकाले धान उत्पादन वढ्ने अनुमान गरिएको हो।

यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर ३ मेट्रिक टन र सिरहामा सरदर २ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने अध्ययन परिक्षण तथा तथ्यांक शाखाको आँकलन छ । अघिल्लो वर्ष सप्तरीमा प्रतिहेक्टर २ दशमलव ५५ मेट्रिक टन र सिरहामा पनि सोहि अनुपातमा धान उत्पादन भएको थियो। ठिक अघिल्लो वर्षको तुलनामा गत वर्ष दुवै जिल्लामा धान उत्पादन घटेपनि यस वर्ष उत्पादन वृद्धि हुने शाखा प्रमुख रातले दावी गरे।

‘रोपाईको समयमा हुने वर्षा र मलखादको उपलब्धताले धान उत्पादनलाई प्रत्यक्ष प्रभावित गर्छ’ उनले थपे–‘यस वर्ष किसानलाई मौसमले साथ दिएको छ। किरावाट जोगाउन सके धान उत्पादन वृद्धिमा हुनेमा कुनै शंका छैन।’

तरकारी वालिको तथ्यांक छैन

सप्तरीमा वर्षायाममा ब्यवसायीक तरकारी खेती कम हुने गरेको र क्षती पनि नदेखिएको कार्यालयले जनाएको छ । अन्य समयको अनुपातमा सरदर १० प्रतिशत तरकारी खेती हुने गरेपनि उल्लेख्य रुपमा क्षती भएको विवरण प्राप्त नभएको राउतले वताए । उनले भने–‘वाढिले तरकारी वालि नष्ट गरेको भनेर कुनै सुचना आएको छैन, हामी वुझदा पनि त्यस्तो फेला पारेका छैनौं।