• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

राजविराज, १ साउन। सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

कञ्चनरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्र र उपमेयर निरु पोखरेलले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका छन् । हेल्थ असिस्टेन्ट, नसिंङ्ग स्टाफ र कार्यालय सहयोगी गरी हाललाई तीन जना कर्मचारी राख्ने गरी केन्द्र संचालनमा ल्याईएको मेयर मिश्रले वताए । घर भाडा लिएर स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ।

नगरपालिकाको १२ वडा मध्ये स्वास्थ्य सस्थाविहिन वडा नं. २ र वडा नं. ९ मा स्वास्थ्य संस्था पुर्याउने योजना अनुसार वरमझियामा आधारभुत स्वास्थ्य केन्द्र उदघाटन गरिएको मेयर मिश्रले वताए।

एक साताभित्र वडा नं. ९ मा पनि स्वास्थ्य केन्द्र संचालन गरी सर्वसाधारणलाई सेवा दिईने उनले जानकारी दिए ।

मिश्रले आफ्नै कार्यकालमा केन्द्रका लागि भवन निर्माण गर्ने प्रतिवद्धता जनाए । ६ महिनाभित्रै स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्ने पनि उनले घोषणा गरे ।

नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभुत विषयलाई प्राथमिक्तामा राखेर काम गरिरहेको वताउँदै उनले हात्ती लगायतका जंगली जनावर नियन्त्रणमा पनि प्रभावकारी काम गरिने वताए ।

उपमेयर पोखरेलले स्वास्थ्य केन्द्रका जग्गाको आवश्यक्ता रहेको जानकारी दिदै ३ कठा जग्गा उपलब्ध गराउन सके अगामी बर्षदेखी भवन निमार्णको काम सुरु गरिने वताईन।

कञ्चनरुप नगरपालिका–२ का वडाअध्यक्ष मेहदी हुसैनको अध्यक्षतामा आयोजित आधारभुत स्वास्थ्य केन्द्र उदघाटन कार्यक्रममा वडाअध्यक्षहरु करिम शेख, सत्यनारायण साह, दिलीप चौधरी, जिब्रिल मिया, राजकुमार साह, देवी वहादुर खत्री र कार्यपालिका सदस्य निरंजन साह लगायतको सहभागिता थियो।

कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराएका थिए ।

कञ्चनरुप नगरपालिका, स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले सहभागिहरुलाई कार्यक्रममा स्वागत गरेका थिए ।