• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छपकीको खत्वे टोल डुवान हुँदा दर्जन वढी घर विस्थापित

छपकीको खत्वे टोल डुवान हुँदा दर्जन वढी घर विस्थापित

बोधराज सुवेदी,
महुली, ३१ असार । अविरल वर्षाले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको वडा नम्वर–५ स्थित छपकीको खत्वे टोल डुवान हुँदा दर्जन वढी दलित परिवार विस्थापित भएका छन् ।
लगातार परेको पानीले महुली, चम्पा लगायतका खहरे खोलामा आएको वाढी गाउँ पसेपछि उक्त गाउँ जलमग्न भएको हो । खोलाको वाढी र गाउँघरको भेलले घर, गोठ, भान्सा, शौचालय लगायत पानी खाने कल समेत डुवेपछि उक्त गाउँका दलित परिवारको उठीवास भएको स्थानिय समाजसेवी देवराम यादवले जानकारी दिएका छन् ।
गाउँको पूर्व दक्षिणी छेउमा रहेको सो वस्तीमा ठूलावडाहरुले घरको पानीको भेल समेत वगाइदिने गरेपछि वर्षेनी आफुहरुको घर डुवानमा पर्ने गरेको पिडीत हिरालाल खङ्गले दुखेसो पोखे । उनले भने ‘हाम्रो टोलमा सानै पानी पर्दा समेत सधैं बाढी पस्ने गरेको छ, त्यसमाथीगाउँका केही उपल्लो जातका ठुलाबडाहरुले आफ्नो घरआँगन र खेतको पानी हाम्रै घरतिर कटाइदिएर सधैं हामीलाई डुवानमा पारेका छन् ।’
गाउँ डुवानमा परेपछि आफुहरुलाई खान,वस्न,शौचालय गर्न तथा वालबच्चा–पशु चौपायाहरुलाई ब्यवस्थापन गर्न अति नै समस्या परेको हुँदा सम्वन्धित निकायले आफुहरुकोे शीघ्र उदर गर्नु पर्ने पीडीतहरुले माग गरेका छन् ।
यसैवीच वस्ती डुवानमा परे लगतै वडा अध्यक्ष लगायत गाउँ पालिकाको कार्यालयलाई समेत पटक पटक मौखिक र लिखित रुपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको पिडीतहरुको गुनासो रहेको छ ।