• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा सईसहित २७ जना कार्वाहीमा, प्रहरी निरीक्षकसहित ४४ पुरस्कृत

सप्तरीमा सईसहित २७ जना कार्वाहीमा, प्रहरी निरीक्षकसहित ४४ पुरस्कृत

राजविराज, २९ असार । प्रहरी सङ्गठनलाई थप जिम्मेवार एवम् कर्तव्यनिष्ठ बनाउन दण्ड एवम् पुरस्कृत गर्ने क्रममा सप्तरीमा २७ जना प्रहरीलाई कार्वाही तथा ४४ जनालाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी अनुसार प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक ५, प्रहरी हवल्दार ९, प्रहरी जवान १२ जना समेत गरी २७ जना कार्वाहीमा परेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा उनीहरुले प्रहरी सङ्गठनभित्र पालना गर्नुपर्ने आचरण विपरित कार्य गरेकोमा कसुर अनुसार कार्वाही गरिएको छ ।
यसैगरी प्रहरी नायव उपरीक्षक १, प्रहरी निरीक्षक ४, प्रहरी नायव निरीक्षक ५, प्रहरी सहायक निरीक्षक ८, प्रहरी हवल्दार ११, प्रहरी जवान १५ जना समेत गरी ४४ जनालाई कार्वाही गरिएको प्रहरी उपरीक्षक प्रसाइँले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक २०७४÷०७५ मा ६ सय ४६ ओटा मुद्दा दर्ता भएकोमा ५ सय ४७ ओटा मुद्दा फर्छ्यौट भएको तथा ५ सय ४६ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा ७ सय ६६ ओटा मुद्दा दर्ता भएकोमा ५ सय ६१ ओटा मुद्दा फर्छ्यौट गरिएको छ भने यस क्रममा ६ सय ३८ जना पक्राउ परेका छन् । यस्तै आर्थिक वर्ष २०७६÷०७७ असार २७ गतेसम्मको तथ्यांक अनुसार ७ सय ५ ओटा मुद्दा दर्ता भएकोमा ४ सय ४५ ओटा मुद्दा पर्छ्यौट भएको छ भने पक्राउ संख्या ६ सय १० रहेको छ ।
खुला सीमाको कारण सीमा क्षेत्रमा अपराधिक गतिविधि हिंसा, चोरी, तस्करी, लागु औषध आदि समस्या चुनौतीको रुपमा रहेको तथा हाल त्यस्ता गतिविधीहरुमा कमी आएको प्रहरी उपरीक्षक प्रसाइँले जानकारी दिए । पीडकहरु आफै पीडित बनी झुठ्ठा जाहेरी दिने प्रवृति, आर्थिक प्रलोभन, रिसईवि तथा मतभेदका कारण कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र अपहरण जस्ता गम्भीर प्रकृतिका अपराधमा बृद्धि हुन सक्ने, युवाहरुमा बेरोजगारीको कारण अश्लीलता, लागु औषध जस्ता कुलतमा बढ्दो रुपमा फस्ने गरेको जनाईएको छ ।
उनका अनुसार स्थानीय समस्याहरुको पहिचानको आधारमा कार्य योजना तयार गरी कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाइएको, समुदाय प्रहरी साझेदारी अवधारणा २०७५ लाई प्राथमिकतामा राखि कार्यक्रमको तय गरिएको, अपराध नियन्त्रणमा नागरिक–प्रहरी सहकार्यमा जोड दिईएको छ । महिला तथा बालबालिकाहरुको सम्बन्धमा घटित अपराध विरुद्द शुन्य सहनशिलताको नीति अपनाईएको, जनतासंगको सम्बन्ध सुमधुर बनाउन सामुदायिक प्रहरी परिचालन गरिएको, लागू औषध अपराध र अवैध मदिरा नियन्त्रण एंव नियमन गर्न विशेष कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याईएको, सुचनामा आधारित प्रहरी परिचालन र कारवाही प्रहरी उपरीक्षक प्रसाइँले बताएका छन् ।