• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

क्वारेन्टाइनमा सर्पको टोकाईबाट एक सिकिस्त

क्वारेन्टाइनमा सर्पको टोकाईबाट एक सिकिस्त

राजविराज, २९ असार । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना सर्पको टोकाईबाट सिकिस्त भएका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ निवासी १९ वर्षिय सहदेव शर्मा सर्पको टोकाईबाट सिकिस्त भएका हुन् । आइतवार राती करिब ९ बजेको समयमा सर्पले टोकेको थियो । सिकिस्त भएका उनलाई उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको स्थानीय स्वास्थ्य शाखा प्रमुख मदनेश्वर चौधरीले जानकारी दिएका छन् ।
उनी तीन दिन अघि क्वारेन्टाइनमा भर्ना भएका थिए । निरन्तरको वर्षाका कारण क्वारेन्टाइनमा समेत वर्षाको पानी पसेकोले आफुहरु थप असुरक्षित भएको क्वारेन्टाइनमा रहेकाहरुले जानकारी दिएका छन् । क्वारेन्टाइनलाई व्यवस्थित गर्न उनीहरुले माग गरेका छन् ।