• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनता समाजवादीले आयोगबाट पायो दल दर्ताको प्रमाण–पत्र

जनता समाजवादीले आयोगबाट पायो दल दर्ताको प्रमाण–पत्र

राजविराज, २८ असार । जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमा आइतवार दर्ता भएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बिच एकीकरण भई गठन भएको उक्त पार्टी औपचारिक रुपमा आयोगबाट प्रमाणपत्र समेत पाएको हो । निर्वाचन आयोग कान्तिपथ काठमाण्डौले राजनीतिक दल एकीकरणको प्रमाणपत्र प्रदान गरेको छ । आयोगका सचिव दिल कुमारी गुरागाइँको हस्ताक्षर रहेको उक्त प्रमाणपत्र अनुसार पार्टीका दल दर्ता नम्वर १५९ भएको छ ।
जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने छन् । एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहने जनाईएको छ । पार्टीले दिएको जानकारी संघीय परिषद्को अध्यक्षमा बाबुराम भट्टराई रहनेछन् । यसैगरी केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको छ ।
पार्टीमा तीन जना अध्यक्ष पछिको चौथो बरियता क्रममा अशोक राई र पाँचौ बरियतामा राजेन्द्र महतो रहने सहमती भएको छ । उनीहरु दुवै जना वरिष्ठ नेताको रुपमा रहने पार्टी श्रोतले जनाएको छ ।
गत वैशाख १० समाजवादी र राजपा बिच एकीकरणको सहमती भएको थियो । वैशाख ११ गते निर्वाचन आयोगमा दल दर्ता गराउन पार्टीका नेताहरु पुगेका थिए ।