• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

बच्चन परिवारमा कोरोना कहरः अमिताभ, अभिशेक, ऐश्वर्या र आराध्या समेत पोजेटिभ

बच्चन परिवारमा कोरोना कहरः अमिताभ, अभिशेक, ऐश्वर्या र आराध्या समेत पोजेटिभ

राजविराज । बलिवुडका महानायक अभिताभ बच्चनसहित उनको परिवारमा समेत कोरोना भाइरस पोजेटिभ पाईएको छ ।
कोरोना परीक्षण गर्दा शनिवार राती अमिताभ बच्चन र अभिशेक बच्चनमा पोजेटिभ पाईएको थियो । आइतवार अपराह्न चर्चित नायक अभिशेककी पत्नी ऐश्वर्या राय बच्चन र अराध्या बच्चनमा समेत कोरोना पोजेटिभ रहेको भनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । महानायक अमिताभ र अभिशेकले आफुलाई कोरोना पोजेटिभ आएको भन्दै सामाजिक सञ्जालमा ट्वीट गरेर जानकारी सार्वजनिक समेत गरेका छन् ।
अमिताभ बच्चनले आफ्ना शुभचिन्तक एवम् परिजनलाई चिन्ता नगर्न भन्दै पछिल्लो १० दिनयता आफुहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत कोरोना जाँच गराउन आग्रह गरेका छन् । मुम्बईको नानावटी अस्पतालमा अमिताभ र अभिशेकलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुमा कोरोनाको सामान्य लक्षण देखिएको छ
अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या र छोरी आराध्यामा कोरोना पोजेटिभ आएको भनी स्वास्थ्य मन्त्री राजेश टोपेले ट्वीट गरेका छन् । अमिताभ बच्चनकी पत्नी जया बच्चनको भने कोरोना नेगेटिभ आएको छ । शनिवार राती भने ऐश्वर्या राय बच्चन, आराध्या र जया बच्चनको टेस्ट रिपोर्ट नेगेटिव आएको थियो ।