• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सुरक्षित मातृत्वद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुरक्षित मातृत्वद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

राजविराज, २५ असार । सुरक्षित मातृत्व महासंघ नेपालद्वारा कोभिड १९ नियन्त्रण गर्नकोलागि खडक नगरपालिका वडा नम्वर–१० को इनरुवा फुलबरीयालाई बुधबार विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको अगुवाइमा पिपिइ दुई थान, सेनिटाइजर ५ लिटर, थरमल गन १ थान, पन्जा २ प्याकेट, पेपर मास्क २५० पिस, साबुन २० पिस, एन नाइन्टी मास्ट ४ थान र सेनेटेरी प्याड २० थान प्रदान गरिएको हो । उक्त सामग्री नगरपालिकाको वडा नम्वर १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरीलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्वर ४ का सभापति किरण भगत, वडा सभापति रामानारायण गुप्ता, शिक्षक संघका केन्द्रिय पार्षद, लगायत वडासदस्यहरुको उपस्थिति थियो ।