• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कम्प्युटर अधिकृत गौतम चौधरीलाई ज्यान मार्ने धम्की

कम्प्युटर अधिकृत गौतम चौधरीलाई ज्यान मार्ने धम्की

राजविराज, २२ असार । सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत कम्प्युटर अधिकृत गौतम कुमार चौधरीलाई अपरिचित नम्वरबाट ज्यान मार्ने धम्की आएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–६ निवासी उनलाई अपरिचित नम्वरबाट गालीगलौज गर्दै ज्यानमार्ने धम्की आएको हो । उनका अनुसार ९८१२०५२७२५ (एनसेल सिम)को नम्वरबाट ८.५२ बजेको समयमा ७ मिनेट ५२ सेकेण्डसम्म फोन गरी धम्की दिएका हुन् ।
अपरिचित महिलाले अपशब्द प्रयोग गर्दै ‘केही दिनभित्रै ज्यान मार्न मारिदिन्छु’ भनी धम्की दिएपछि आफु तनावपूर्ण अवस्थामा रहेकोले न्यायकालागि आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । ‘न्यूज टुडे’सँग पीडित चौधरीले भने ‘ज्यान मार्ने धम्की दिने उक्त व्यक्तिसँग आफु अपरिचित छु, धम्कीले गर्दा म पीडित भएको छु नै, असुरक्षित समेत महशुष गर्दैछु ।’