• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा शनिवार थप ३४ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ३ पुग्यो

सप्तरीमा शनिवार थप ३४ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ३ पुग्यो

राजविराज, २० असार । सप्तरीमा शनिवार थप ३४ जनामा कोरोना पोजेटिभको पुष्टि भएसँगै संक्रमितहरुको संख्या तीन सय तीन पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता गाउँपालिकामा ४ जना, खडक नगरपालिकामा ५ जना, शम्भुनाथ नगरपालिका १ जना, राजगढ १ जना, डाक्नेश्वरी नगरपालिकामा ५ जना, हनुमानगर कंकालिनी १६ जना र महदेवा गाउँपालिकामा २ जनामा कोरोना पोजेटिभ पाईएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीकी शर्मिला ठाकुरले दिएको जानकारी अनुसार हालसम्म राजविराज नगरपालिकामा १५ जना, कञ्चनरुप नगरपालिकामा २ जना, डाक्नेश्वरी नगरपालिकामा १७ जना, बोदेबर्साइन नगरपालिकामा ३३ जना, खडक नगरपालिकामा ७ जना, शम्भुनाथ नगरपालिकामा २ जना, राजगढ गाउँपालिकामा २० जना, सुरुङ्गा नगरपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ५४ जना संक्रमित पाईएको छ ।
यसैगरी अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा २७ जना, महदेवा गाउँपालिकामा १५ जना, सप्तकोशी नगरपालिकामा २ जना, तिरहुत गाउँपालिकामा ४ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ४२ जना, रुपनी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा १ जना, बलान बिहुल गाउँपालिकामा ४४ जना संक्रमित रहेको उनले जानकारी दिएकी छिन् ।